५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री रोस्टममा उक्लनसाथ एमाले सांसदद्वयको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री उपस्थित भइरहेको अवस्थामा मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा एमालेका सांसदले आपत्ति जनाउनु भएको छ ।

आइतबारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै सञ्चारमन्त्री रेखा शर्मालाई विधेयक प्रस्तुत गर्न दिइएको भन्दै एमाले सांसदद्वय योगेश भट्टराई र रघुजी पन्तले आपत्ति जनाउनु भएको हो ।

संवैधानिक परिषद् सम्बन्धि विधेयक सञ्चार मन्त्रीले प्रस्तुत गर्न लागेकोमा एमालेका योगेश भट्टराईले शुरुमै प्रश्न उठाउनुभयो । भट्टराईले भन्नुभयो ‘प्रधानमन्त्री नै उपस्थित भएको अवस्थामा अर्को मन्त्रीले प्रस्तुत गर्दा यो सुहाउने विषय भएन । प्रधानमन्त्रीले नै प्रस्तुत गर्नुपर्‍यो ।’

त्यसलगत्तै अर्का सांसद रघुजी पन्तले पनि विरोध जनाउनुभयो । संसदकै अवहेलना भएको भन्दै पन्तले आपत्ति जनाएपनि सभामुख घिमिरेले भने मन्त्री शर्मालाई नै विधेयक पेश गर्न अनुमति दिनुभयो ।