७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्योः उपेन्द्र यादव



file
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताउनुभएको छ ।

शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा रहनुभएको बताउनु भयो । उहाँले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताउनु भयो । उहाँले नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अब के हो भन्दाखेरी एउटा इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा उहाँ हुनुहुन्थ्यो । र उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ भविष्यमा । र उहाँको यो विजय सबैको विजय हो ।’

त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले यादवको विजयमा गठबन्धन दलहरु खुशी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब यो लोकतान्त्रिक प्रक्रियामा लोकतान्त्रिक प्रतिष्पर्धा र स्वभाविक रुपमा अरु उम्मेदवारहरु भन्दा उहाँले धेरै भोट ल्याउनुभयो । विजय प्राप्त गर्नुभयो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । र हामी विशेषगरी उहाँलाई समर्थन गरेर जिताउने दलहरु हामी खुशी छौँ । हामी उहाँलाई नेपाली कांँग्रेस पार्टीको तर्फबाट निर्वाचित उपराष्ट्रपतिजीलाई धेरै धेरै बधाई दिन चाहन्छौँ । उहाँको कार्यकाल पूर्ण रुपमा सफल होस् । शुभकामना दिन चाहन्छु ।’

उहाँले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई नेपाली काँग्रेस पार्टीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।