१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विश्वकप छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

विश्वकप छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
अ अ+ अ-

काठमाडौँ । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटका यात्रा तय गर्न सफल भएका छन् ।

विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका हुन् । यससँगै अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको थियो ।

त्यस्तै, लिग दुईको अङ्कतालिकामा चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका क्रमश: नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा यी चार टोलीसहित च्यालेन्ज लिगको शीर्ष दुई टोली क्यानडा र जर्सी गरी ६ राष्ट्रको प्लेअफ छनोट हुनेछ । उक्त खेल नामिबियामा यसै महिनामा हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् ।

जिम्वावेमा विभिन्न १० टोली प्रतिस्पर्धामा उत्रनेछन् । विश्वकप लिग दुईबाट नेपाल ओमान र स्कटल्यान्डले स्थान बनाए भने सुपर लिगबाट जिम्बावे र नेदरल्यान्ड्सले खेल्ने पक्का भइसकेको छ । अन्य टोलीको छनोट हुन भने बाँकी छ । जिम्बावेमा हुने विश्वकप छनोटमा आइसिीसी सुपर लिगका पुछारका पाँच टोली, लिग दुईको शीर्ष तीन टोली र प्लेअफ छनोटबाट आउने शीर्ष दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्हालिएर खेल्दा जितिन्छ भन्ने आत्मविश्वास हुनाका साथै खेलाडीले अनुशासित भई ब्याटिङ गर्दा नेपालले कीर्तिमानी जित हासिल गर्न सकेको बताउनुभयो । उहाँले अहिलेको नेपाली टोलीमा अद्भुत क्षमता भएको खेलाडी रहेको र उनीहरुले भविष्यमा नेपाली क्रिकेटका लागि राम्रो गर्नसक्ने बताउनुभयो ।

यसैगरी, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले युएईले दिएको लक्ष्य धेरै भए पनि जित निकाल्ने विश्वास नगुमेकाले विजयी हासिल गर्न सकेको भन्दै यस जितको श्रेय प्रशिक्षक मन्टी देसाईलाई दिन चाहेको बताउनुभयो । प्रशिक्षक मन्टी आएदेखि नेपालली टोलीको माहोल परिवर्तन भएको र प्रत्येक खेलमा केन्द्रित हुन सिकाएको उहाँको भनाइ छ । देसाई नियुक्त भएपछि नेपालले लिग २ का पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हात पार्न सफल भएको थियो ।