२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै अर्थतन्त्र चलायमान बनाउँछ: वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

बर्दिबास। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताउनुभयो ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरुलाई उपभोक्ताहरुसम्म पुर्‍याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ । ”

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले कोरोनाभाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै सहज हुँदै गएको समेत बताउनुभयो । “कोरोनाभाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएका थिए । बैंकिङ्ग क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा संचितिमा पनि कमी हुन गयो ।’

‘तर अहिले रेमिट्यान्स उत्साहजनकरुपमा बढेको छ । पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ्ग क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ,” उहाँले भन्नुभयो । व्यवसायीहरुमा धेरै नै नैराश्यता देखिएको बताउँदै उहाँले व्यवसायीहरुलाई निरास नहुन समेत आग्रह गर्नुभयो ।

“व्यवसायीहरु भनेको जस्तो सुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो । त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरु संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन । संयमित भएरै यसबाट पार पाउने हो,” उहाँले भन्नुभयो । उहाँले महासंघको आगामि चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरुका समस्याको समाधान गर्न पहल गर्ने बताउनुभयो ।