२९ जेष्ठ २०८२, बिहीबार
,
Latest
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार अस्पतालको होस्टेलमा खसेको थियो एयर इन्डियाको विमान कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक न्यायाधीश थारुमाथि मसी छ्याप्ने तीन जना प्रहरी नियन्त्रणमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा प्रतिनिधिसभाको बैठक सर्यो शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि कालो मसी प्रहार कौरा संरक्षण गर्न प्रतियोगिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ ।