१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति निर्वाचनको फरक मतले सरकारलाई असर पर्दैनः गगन थापा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नपर्ने दाबी गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले एउटै उम्मेदवार बनाउने प्रयास भएपनि अन्तिम अवस्थामा सम्भव नभएपछि सल्लाहबाटै फरक ठाउँमा उभिएको जिकिर गरे ।

यद्यपि, प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने भन्दै यसले सरकारको निरन्तरतामा फरक नपार्ने बताए ।

राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने थापाको भनाई छ ।