२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाउनुभयो



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिन शीतलनिवासमा आमन्त्रण गर्नुभएको छ ।

क्रिकेट खेलाडीलाई शुक्रबार दिउँसो ३ बजे शीतलनिवास बोलाइएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेता क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर बधाइ तथा शुभकामना दिनुभएको थियो ।

प्रधानमन्त्रीले विश्वकप छनोटमा नेपाललाई सफलता दिलाउने खेलाडीलाई सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा समेत गर्नुभएको छ ।