१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान जारी रहँदै गर्दा रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । उक्त बैठकमा झालाई मत दिने निर्णय गरिएको हो ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।