५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध भारतले टस जित्यो, पहिले बलिङ गर्ने



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुँदैछ । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपाली समयानुसार खेल १ः४५ बजे सुरु हुनेछ ।

यस खेलमा भारतको तर्फबाट नियमित कप्तान रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्याले टोलीको नेतृत्व सम्हाल्नेछन् । रोहितले सिरिजका बाँकी दुई खेलमा टोलीको कप्तानी गर्नेछन् ।

बीसीसीआईले यसअघि नै रोहितले पारिवारिक कारणले शृंखलाको पहिलो एकदिवसीय खेलबाट विश्राम लिएको बताएको थियो ।

यी दुई टोली तीन वर्षपछि यही मैदानमा आमनेसामने हुँदैछन् । भारत र अस्ट्रेलियाबीच यहाँ अहिलेसम्म चार खेल भइसकेका छन् । जसमा भारतीय टोलीले एउटा मात्रै जित हासिल गर्न सकेको थियो । अष्ट्रेलियाले तीन खेलमा सफलता हात पारेको छ । पछिल्लो पटक सन् २०२० मा यहाँ दुवै टोली आमनेसामने हुँदा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

कप्तान प्याट कमिन्सको अनुपस्थितिमा अस्ट्रेलियाली टोलीसँग जुनसुकै अवस्थामा पनि खेल जित्ने क्षमता छ । कमिन्सको अनुपस्थितिमा अस्ट्रेलियाको नेतृत्व स्टिभ स्मिथले गर्नेछन् । कमिन्स र जोस हेजलउड यस शृङ्खलाका लागि उपलब्ध छैनन् तर डेभिड वार्नर र अलराउन्डर एस्टन अगर टोलीमा छन् ।

यी दुई टोलीबीच हालसम्म भएको १४३ ओडीआईमा भारतीय टोलीले ५३ मा मात्रै जित हात पार्न सकेको छ । अस्ट्रेलियाले ८० मा विजय हासिल गरेको छ । १० खेल अनिर्णित रह्यो ।यस्तै, यी दुईबीच भारतमा अहिलेसम्म ६४ खेल भइसकेका छन् । यस अवधिमा टीम इन्डियाले २९ खेल जितेको छ भने ३० खेल अष्ट्रेलियाले जितेको छ । ५ खेल नतिजाबिनै टुंगिएको छ ।