५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेकौँ चलखेल भए पनि उपराष्ट्रपति चुनाव आफू अनुकूल हुने देख्दैछु– अष्टलक्ष्मी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचन आफू अनुकूल हुँदै गरेको बताउनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारहरुसँग उहाँले राष्ट्रपति निर्वाचनमा अनुकूल नभए पनि उपराष्ट्रपति निर्वाचन आफू अनुकूल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा अनेकौँ चलखेल हुन्छन् तर यसमा मैले श्रेष्ठता हासिल गर्नेछु ।” स्वस्थ, अस्वस्थ, मर्यादित र अमर्यादित जस्ता अनेकौँ चलखेल भए पनि त्यसमा श्रेष्ठता हासिल गर्ने उहाँको भनाइ थियो ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति महिला नै हुनुपर्ने उहाँको जिकिर थियो ।