२९ जेष्ठ २०८२, बिहीबार
,
Latest
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार अस्पतालको होस्टेलमा खसेको थियो एयर इन्डियाको विमान कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक न्यायाधीश थारुमाथि मसी छ्याप्ने तीन जना प्रहरी नियन्त्रणमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा प्रतिनिधिसभाको बैठक सर्यो शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि कालो मसी प्रहार कौरा संरक्षण गर्न प्रतियोगिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले युएईविरुद्धको खेल जितेर विश्वकप छनोटमा पुगेको छ ।

मौसम बदलीका कारण डीएलएस मेथडमा नेपाल युएई भन्दा अगाडि भएपछि खेल जितेको हो ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय गरेका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० अविजित रहे । दीपेन्द्र १० रनमा नटआउट रहे ।

नेपालको लागि भीम सार्की, कुशल भुर्तेल र आरीफ शेखले अर्धशतकिय ईनिङ खेले । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रनमा आउट हुदा भुर्तेल ३५ बलमा ४ छक्का र ३ चौकासहित ५० रन बनाएर आउट भए । यस्तै, आरीफले ६२ रनमा ५२ रन बनाए भने कप्तान रोहित पौडेल २५ बलमा १६ रन बनाएर आउट भए ।

बलिङतर्फ युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिए भने आयन खानले दुई र जहुर खानले एक विकेट लिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो। युएईका लागि आसिफ खानले शतक बनाएका थिए । उनले ४१ बलमा १०० रन पूरा गरेका थिए । आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक प्रहार गर्ने चौथो खेलाडि बने । उनी १०१ रनमा अविजित रहे ।

यस्तै, युएईका कप्तान मोहम्मद वासिम, वृत्य अरविन्दले पनि अर्धसतक प्रहार गरेका थिए । अरविन्द १३८ बलमा ९४ रन बनाएर आउट भए भने वासिम ४९ बलमा ६३ रन बनाएर आउट भए । रोहन मुस्तफा २० रन बनाएर आउट भए ।

नेपालको लागि दिपेन्द्र सिङ ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए ।