२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुन: सञ्चालन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुन: सञ्चालनमा आएको छ । बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिनुभयो ।

यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने उहाँको भनाइ थियो ।