५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखलाई दिइयो सरकारी निवासको साँचो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेलाई सरकारी निवासको साँचो बुझाइएको छ । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बुधबार सरकारी साँचो बुझेको जानकारी दिनुभयो ।

यसअघि सभामुखका लागि बालुवाटारमा रहेको सरकारी निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आउनुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई अर्को ठाउँको व्यवस्थापन नभएपछि सभामुखलाई मुख्य सचिवका लागि तयार निवास दिइएको बताइएको छ ।

तत्कालीन सभामुख कृष्णप्रसाद महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सर्नुभएको थियो ।

महरापछि सभामुख हुनुभएका अग्निप्रसाद सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो । तर सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न नचाहेर बालुवाटारमै बस्ने चाहना राख्नुभएको थियो ।




भर्खरै