• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

उपराष्ट्रपतिबारे बैठक राखेर निर्णय नलिन दलहरुलाई निर्वाचन आयोगको आग्रह



काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनबारे बैठक राखेर निर्णय नलिन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका गतिविधि नगर्न आग्रह गर्नुभएको छ।

प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुन: आग्रह गर्दछ ।”

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन् ।

उहाँले उपराष्ट्रपति निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उपराष्ट्रपति निर्वाचनमा मौन अवधि सुरु भएपछि नेपाली कांग्रेसले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्नेबारे शुक्रबार बैठक बोलाएको छ ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट यादवसहित जनमत पार्टीकी ममता झा उम्मेदवार हुनुहुन्छ । झाको उम्मेदवारी निष्क्रिय बनाउने प्रयास भइरहेको बताइएको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ ।