• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

युएईले नेपाललाई जितको लागि ३११ रनको लक्ष्य दियो



काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनायो । युएईका लागि आसिफ खानले शतक बनाए । उनले ४१ बलमा १०० रन पूरा गरे । यो सँगै आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक प्रहार गर्ने चौथो खेलाडि बने । उनी १०१ रनमा अविजित रहे ।

यस्तै, युएईका कप्तान मोहम्मद वासिम, वृत्य अरविन्दले पनि अर्धसतक प्रहार गरे । अरविन्द १३८ बलमा ९४ रन बनाएर आउट भए भने वासिम ४९ बलमा ६३ रन बनाएर आउट भए । रोहन मुस्तफा २० रन बनाएर आउट भए ।

नेपालको लागि दिपेन्द्र सिङ ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले एक एक विकेट लिएका छन् ।