६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा
अ+ अ-

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ । त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उहाँको प्यानलबाट उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै सदस्य पदमा उहाँको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, संघमा सदस्यहरुको अिभलेख तथा वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना रहेको बताउनु भयो । उहाँले त्यस्तै उहाँका योजनामा कल्याण्कारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी योजना, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेको बताउनु भयो । उहाँले आफू निर्वाचित भएपछि संघका कलाकार सदस्यहरुको निर्देशनमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कलाकार संघमा सुझाव पेटिका राखि कलाकारहरुको सुझाव लिने काम गर्ने बताउनु भयो ।

त्यस्तै अभिनेत्री उप्रेतीलाई समर्थन गर्न पुग्नुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कलाकारहरु अनुशासित नभएको आरोप लगाउनु भयो । उहाँले कलाकारहरु कुरा नसुन्ने, नटेर्ने गरेको भन्दै उहाँले कलाकारहरुको गोष्ठीमा आउँदा कलाकारहरु नै गफ गर्ने गरेको र कुनै राजनीतिक दलको कार्यक्रममा गएको जस्तो व्यवहार देखाएको भन्दै असन्तोष व्यक्त गर्नुभयो । उहाँले चलचित्र क्षेत्रको विकास गर्न रेजिना उप्रेतीलाई जिताउन पनि आग्रह गर्नुभयो । उहाँले कलाकार संघमा आफूले आफूलाई नै कलाकार क्षेत्रमा उत्कृष्ट योगदान दिएको भनेर ठूलो ताम्रपत्र बनाएर राष्ट्रप्रमुखबाट सम्मान ग्रहण पनि गरेको आरोप लगाउनु भयो ।

त्यस्तै कलाकार राजेन्द्र खड्गीले यस पटक रेजिना उप्रेतीलाई कलाकार संघको अध्यक्षका लागि छोडिदिन आग्रह गर्नुभयो । उहाँले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै कलाकार सोवित बस्नेतले कलाकार संघमा अहिलेसम्म चर्चा नपाएका व्यक्तिहरु आएको र आफ्नो चर्चा बढाउनका लागि प्राथमिकता दिएको आरोप लगाउनु भयो । उहाँले रेजिना उप्रेती चर्चा कमाइसकेको व्यक्तित्व भएकाले उहाँको प्राथमिकतामा कलाकारको हक हीतका विषयहरुले प्राथमिकता पाउने बताउनु भयो । उहाँले नेतृत्वमा गएका सबैजना आफूलाई चिनाउन नै ब्यस्त भएको बताउनु भयो । उहाँले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्न सबै कलाकारहरुसँग आग्रह गर्नुभयो ।

त्यस्तै कलाकार पल्पसा डंगोलले युवा कलाकारहरुले अब कलाकार संघको नेतृत्व गर्नुपर्छ भनेर उप्रेतीलाई समर्थन गर्न आएको बताउनु भयो ।

त्यस्तै अभिनेता रमेश उप्रेतीले चुनाव सकिएपछि नेतृत्वमा पुगेकाहरुले कलाकारहरुको लागि कुनै काम नगरेको आरोप लगाउनु भयो । उहाँले कलाकारहरु नेतृत्वमा पुगेपछि गर्छु भनेका कामहरु पनि अहिलेसम्म हुन नसकेकोप्रति दु:ख लागेको बताउनु भयो । उहाँले नेतृत्वमा पुगेपछि कलाकारको एजेण्डा नै बिर्सिने गरेको बताउनु भयो । उहाँले अब निर्वाचित हुने नेतृत्वले कलाकारका हक हीत नीति निर्माणमा हुने विश्वास रहेको बताउनु भयो ।

नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभा तथा महाधिवेशन चैत्र ४ गते हुँदैछ ।