६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विभागीय डर्बीमा आर्मी स्तब्ध

विभागीय डर्बीमा आर्मी स्तब्ध
अ+ अ-

काठमाडौँ । मणि लामाको निर्णायक गोलको सहयोगमा बुधवार विभागीय टोली एपिएफले अर्को बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा बलियो आर्मीबिरुद्ध एपिएफले सुखद् नतिजा निकाल्दा १–० को रोमाञ्चक जित निकालेको हो । एपिएफलाई स्पष्ट अंक दिलाउने क्रममा मणि लामाले ३७ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।

पेनाल्टी बक्सभित्र विपिन श्रेष्ठले उपलब्ध गराएको बललाई मणिले जाली चुमाउन सफल भएका थिए । यस जितसँगै एपिएफले चार खेलबाट ७ अंक बनाएको छ । पहिलो पराजय व्यहोरेको आर्मीको समान ४ खेलबाट ५ अंक भएको छ ।

यसअघि आर्मीले तीन खेलबाट एक जित र दुई बराबरी खेलेको थियो । पहिलो खेलमा संकटासँग बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको थियो । यता एपिएफले भने तीन खेलमा समान जित, बराबरी र हारको नतिजा निकालेको थियो । थ्री स्टार क्लवमाथि जितसहित लिगमा सुखद् शुरुवात गरेको एपिएफले दोस्रो खेलमा सातदोबाटोसँग पराजय भोगेको थियो । तेस्रो खेलमा एपीएफले जावलाखेल युथ क्लवसँग बराबरी खेलेको थियो ।

यसअघि पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर बनाएका थिए । दुवैले अवसर खेर फाल्न पुगेका थिए । शुरवातबाट आक्रामक खेल देखाएको आर्मीको अग्रतपंक्ति बारम्बार चुक्दा एपिएफविरुद्ध अग्रता लिने धेरै अवसर खेर गएका थिए । तर काउन्टर खेलेको एपिएफले १२ औं मिनेटको प्रयास असफल भएको थियो । कप्तान नवीन लामाको फ्रिकिक क्रसमा सनिश श्रेष्ठलेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । २८ औं मिनेटमा दिनेश हेन्जनको प्रहार एपिएफका गोलकिपर अन्जल श्रेष्ठले बचाउँदा आर्मीको पहिलो अवसर खेर गएको थियो । ६४ औं मिनेटमा मणीको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने मौका गुमायो ।

पहिलो हाफमा नतिजा सुम्पिएको आर्मी दोस्रो हाफमा बढी आक्रामक देखिएको । खेलअवधि अवसर पाएपनि सदुपयोग गर्न असफल नै देखियो । कप्तान भरत खवासले पेनाल्टी क्षेत्रमा पुर्याएको बललाई सही दिशा दिन नसक्दा बराबरी अवसर खेर गएको थियो । बाँकी समयमा दुवै टोलीले गोलका लागि अवसर खोजे पनि जाली चुमाउन असफल भए ।

लिगमा बिहीवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा च्यासल मैदानमा खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुने छ भने एन्फा मुख्यालयको मैदानमा हिमालयन शेर्पा र संकटा क्लवबीच खेल हुनेछ । दुबै खेल साढे २ बजे हुनेछन् ।