५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आचारसंहिता उल्लंघन गर्‍यो, आयोगले कारबाही गरोस् – सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले शून्य समय सुरु भइसकेको अवस्थामा उपराष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरेर नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन् ।

यही ३ चैत गते शुक्रबार उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । त्यसका लागि गएराति १२ बजेदेखि शून्य समय सुरु भइसकेको छ । तर, कांग्रेसले निर्वाचन आचारसंहिताविपरीत आज उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरूलाई निर्देशन दिने निर्णग गरेकामा सचेतक बर्तौलाले आपत्ति जनाएका हुन् ।

‘चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ । शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा मत माग्नु, निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ’, बर्तौलाले सामाजिक सञ्जालमा भनेका छन्, ‘तर, शून्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिताविपरीत उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ ।’

यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको बर्तौलाको भनाइ छ । यस्तै उनले आचारसंहिता उल्लंघनप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै यस बारेमा निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेको बताएका छन् ।