५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आचारसंहिता उल्लंघन गर्‍यो, आयोगले कारबाही गरोस् – सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले शून्य समय सुरु भइसकेको अवस्थामा उपराष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरेर नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन् ।

यही ३ चैत गते शुक्रबार उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । त्यसका लागि गएराति १२ बजेदेखि शून्य समय सुरु भइसकेको छ । तर, कांग्रेसले निर्वाचन आचारसंहिताविपरीत आज उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरूलाई निर्देशन दिने निर्णग गरेकामा सचेतक बर्तौलाले आपत्ति जनाएका हुन् ।

‘चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ । शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा मत माग्नु, निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ’, बर्तौलाले सामाजिक सञ्जालमा भनेका छन्, ‘तर, शून्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिताविपरीत उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ ।’

यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको बर्तौलाको भनाइ छ । यस्तै उनले आचारसंहिता उल्लंघनप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै यस बारेमा निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेको बताएका छन् ।