३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा विशेष जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेको बताउनु भयो । उहाँले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताउनु भयो । उहाँले फिल्मबाट धेरै कुरा सिकेको बताउनु भयो ।

त्यस्तै अभिनेत्री प्रेमा सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताउनु भयो । उहाँले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताउनु भयो । उहाँले सबैले फिल्म हेर्न जान आग्रह गर्नुभयो । कलाकारले आफ्नो तर्फबाट सकेको अभिनय गरेको बताउनु भयो ।

चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुनेछ । चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी हुनुहुन्छ । फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतका कलाकारको अभिनय रहेको छ ।