४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध यूएईका कप्तान वासिमको शतक, १२ छक्का प्रहार गर्दै आउट भए



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध यूएईका कप्तान मुहम्मद वासिमले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा पिएनजीले दिएको २३५ रनको लक्ष्य पछ्याउने क्रममा वासिमले ६० बलमा शतक पूरा गरेका हुन् । उनी ७६ बलमा ११९ रन जोड्दै पेभिलियन फर्किए । विष्फोटक इनिङ्स खेलेका उनले १२ छक्का र ६ चौका प्रहार गरे ।

ताजा अवस्थामा २३५ रनको लक्ष्य पछ्याएको यूएईले २९.१ ओभरमा ३ विकेटको क्षतिमा १८० रन जोडेको छ ।