११ असार २०८२, बुधबार
,
Latest
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी पतञ्जलि जग्गा प्रकरण: माधव नेपालको बयान सकियो प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेट सुरु भएको आज १४६ वर्ष पुग्यो



अ+ अ-

एजेन्सी । क्रिकेटको सबैभन्दा लामो र चुनौतीपूर्ण ढाँचा, टेस्ट क्रिकेट आज १४६ वर्षमा पुगेको छ । १५ मार्च १८७७ मा, इंग्ल्याण्ड र अष्ट्रेलियाको टोली अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक मेलबर्न क्रिकेट स्टेडियममा भिडेका थिए ।

अन्तराष्ट्रिय क्रिकेट पनि त्यतिबेलादेखि सुरु भयो । भारतले सन् १९३२ मा पहिलो पटक टेस्ट खेल खेलेको थियो र आफ्नो पहिलो जित दर्ता गर्न २० वर्ष लाग्यो ।

१८७७ देखि मार्च १५, मार्च २०२३ सम्म, १२ देशहरूले विश्वभर टेस्ट क्रिकेट खेल्न थाले । जसले अहिलेसम्म कुल २४९९ खेल खेलेका छन् । सन् १९७१ मा एकदिवसीय र टी–२० क्रिकेटको ढाँचा पनि २००४ मा आयो । जसले क्रिकेटलाई थप रोचक बनाएको छ । यसैबीच टेस्ट क्रिकेटको १४६ औं वार्षिकोत्सवमा यसका केही रोचक तथ्यहरुबारे चर्चा गरौं ।

टेस्टमा अहिलेसम्म २ हजार ४ सय ९९ खेल खेलिएका छन् जसमध्ये १ हजार ७११ नतिजा आएको छ । २ खेलको नतिजा नआउँदा ७८६ खेल बराबरीमा सकियो । इंग्ल्याण्डले सबैभन्दा धेरै १,०६० खेल खेलेको छ भने अष्ट्रेलियाले सबैभन्दा बढी ४०५ खेल जितेको छ । इंग्ल्याण्डले सर्वाधिक ३१८ खेल हारेको पनि छ ।

दुई दिन पछि, शुक्रबार, मार्च १७ मा, न्यूजिल्याण्ड र श्रीलंका बीच २ टेस्ट शृंखलाको अन्तिम खेल वेलिङ्टनमा खेलिनेछ । जुन टेस्ट क्रिकेटको २५०० औँ खेल हुनेछ । न्युजिल्यान्डले पहिलो टेस्ट अन्तिम बलमा २ विकेटले जितेको थियो ।

टेस्ट क्रिकेट सन् १८७७ मा दुई टोलीबीचको खेलबाट सुरु भएको थियो । यो फर्म्याटको सबैभन्दा ठूलो र लामो प्रतिद्वन्द्वी पनि यी दुई टोलीबीच चलिरहेको छ । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको यो प्रतिद्वन्द्वीको नाम ‘द एशेज’ सिरिज हो । हरेक डेढ वर्ष दुवै टोली एकअर्काको घरमा गएर ५ टेस्टको सिरिज खेल्छन् ।

३० डिसेम्बर १८८२ मा दुवैमा पहिलो पटक ३ टेस्ट सिरिज खेलिएको थियो । त्यसबेलादेखि हालसम्म जम्मा १४४ शृङ्खलाहरू भएका छन् । यी दुईबीचको एशेजमा कुल ३४० खेल खेलिएका छन् । अस्ट्रेलिया १४० र इंग्ल्याण्ड १०८ खेलमा विजयी भएका छन् । यी दुईबीच ९२ टेस्ट बराबरी पनि भएको छ । अब जुलाईमा फेरि यी दुईबीच इंग्ल्याण्डमा टेष्ट शृंखला हुनेछ, जुन १४५ औं एसेज हुनेछ ।

टी–२० र फ्रेन्चाइज क्रिकेटको आगमनपछि टेस्ट क्रिकेटको अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ । अहिले १२ देशले यो खेल्छन् तर छनोट भएका देशका टोलीले मात्रै यो ढाँचामा उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र पाकिस्तान छनोट भएका टोली हुन् ।