८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.01

Wind: 2.57

Humidity: 39

Latest
एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा समुन्द्रमा चल्ने पानी जहाजमा लागू हुने नियम आन्तरिक जलमार्गमा पनि लागू हुन्छ: मन्त्री दाहाल दानव नदीमा डुबेर तीन बालक बेपत्ता तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन क्षेत्र नं २ मा थपिए मतदाता



अ+ अ-

चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिने छ ।”

चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उहाँले बताउनुभयो ।

मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । रासस