९ श्रावण २०८३, शनिबार
,
Latest
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशीलता प्रवर्द्धन गर्ने नवौँ युवा उद्यमी शिखर सम्मेलन हुदै



अ+ अ-

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को काठमाडौँमा नवौँ युवा उद्यमी शिखर सम्मेलन आयोजना हुँदैछ । शिखर सम्मेलनको यो नवौँ संस्करण हुनेछ । यस वर्षको शिखर सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ रहेको छ ।

शिखर सम्मेलनले सहभागीहरू, प्रेरणादायी महिला उद्यमीहरूबीचको स्पीड नेटवर्किङ सत्रहरू, उनीहरूको यात्रा साझेदारी, कार्यशाला र प्यानल छलफलहरू समावेश गर्नेछ। सहभागी हुने अपेक्षा गरिएको सहभागीमा उद्यमी, कामदार महिला, पेशाकर्मी, विज्ञ र विद्यार्थीहरू समावेश छन्।

शिखर सम्मेलनमा राष्ट्रिय प्रेरणादायी वक्ताहरू, प्यानल छलफल, स्टार्टअप शोकेस, आइसब्रेकर र नेटवर्किङ र वुमन इन बिजनेस एन्ड मेड इन नेपाल विषयमा सत्र हुनेछ।

सम्मेलन यही चैत ४ गते शनिबार दिउँसो २ बजेदेखि लाजिम्पाटको र्‍याडिसन होटलमा आयोजना हुने बताइएको छ ।

उद्यमशीलता प्रवर्द्धन गर्ने सरल उद्देश्यका साथ नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) गठन भएको हो । एनवाईईएफको हस्ताक्षर कार्यक्रममध्ये एक युवा उद्यमी शिखर सम्मेलन– (वाईईएसडब्लु)  हो।