११ असार २०८२, बुधबार
,
Latest
कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायक प्रशिक्षकमा कटुवाल र गोलकिपर प्रशिक्षकमा डंगोल नियुक्त



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार प्रवेश कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् ।

गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको मुख्य प्रशिक्षक थिए।

यस्तै, एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले यसै महिना प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ । थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ ।