३१ जेष्ठ २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

एजेन्सी । इटालियन फुटबल क्लब इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगीज क्लब एफसी पोर्टोसँग गोलरहित बराबरी खेलेपनि इन्टरले समग्रमा १–० को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो ।

यसअघि आफ्नो घरेलु मैदानमा इन्टरले पोर्टोलाई १–० गोलले पराजित गरेको थियो । सोहीअनुसार इन्टर क्वाटरफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा बराबरी खेलेपछि पोर्टोको च्याम्पियन्स लिगको यात्रा अन्तिम १६ मै टुंगिएको छ ।