२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, हालाण्ड एक्लैले गरे पाँच गोल



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मनको फुटबल क्लब आरबी लाइप्जिगलाई ७–० ले पराजित गर्दै समग्रमा ८–१ को नतिजासहित सिटीले अन्तिम आठमा स्थान बनाएको हो ।

दोस्रो लेग अन्तर्गत घरेलु मैदानमा सिटीलाई सानदार जित दिलाउन एर्लिङ हालाण्डले ५ तथा इल्काए गुन्डोवान र केभिन डी ब्रुएनाले एक–एक गोल गरे ।

हालाण्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको २२ औं मिनेट(पेनाल्टीमार्फत), २४, ४५.२, ५३ औं र ५७ औं मिनेटमा गोल गरेका हुन् । उनी च्याम्पियन्स लिगमा एकै खेलमा पाँच गोल गर्ने पाँचौं खेलाडी बनेका छन् ।