१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

उपराष्ट्रपति निर्वाचनः ‘संविधानको सर्वोच्चता र रक्षा नै प्रमुख कार्यभार हो’

उपराष्ट्रपति निर्वाचनः ‘संविधानको सर्वोच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
अ अ+ अ-

काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसक्नुभएको छ ।

आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टाअघिदेखि अर्थात आज राति १२ बजेदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुनेछ ।

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था रहेको उक्त पद कुनै व्यक्ति विशेषका लागि खडा गरिएको नभई देशको स्थिति र अवस्थालाई मध्यनजर राखेर बनाइएको महत्त्वपूर्ण पद मानिन्छ ।

राजनीतिक दलले त्यसलाई उपयोग गर्न नजानेर अनेक खालको टीप्काटिप्पणी हुँदैआएको उपराष्ट्रपतिका उम्मेदवारले प्रतिक्रिया दिनुभएको छ ।

संविधानको सर्वोच्चतालाई कायम राख्छु– शाक्य
यसैबीच, उपराष्ट्रपति पदका उम्मेदवार नेकपा ९एमाले०का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वोच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म विजयी भएको खण्डमा पदको गरिमालाई कायम राख्दै सबैलाई अपनत्व प्रदान गर्ने भूमिकाका लागि कोसिस गर्नेछु । मतदातासमक्ष यसैका लागि आशा भरोसा राखेर मत मागेको छु, मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।”

संविधान पालनाका लागि मेरो उम्मेदवारी हो– यादव
उपराष्ट्रपतिकै उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले नेपालको संविधानको पालना र रक्षाका लागि आफनो उम्मेवारी भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचित भएको खण्डमा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न, संविधान र कानूनको कार्यान्वयनमार्फत मुलुकलाई शान्ति र समृद्ध तुल्याउने कार्यमा मेरो भूमिका रहनेछ ।”

दुवै उम्मेदवारले राजनीतिक दल, तिनका संसदीय दलका नेता तथा मतदातालाई प्रत्यक्ष भेटेर तथा टेलिफोन सम्पर्क गरी आ–आफ्नो पक्षमा मतदान गर्न र त्यसका लागि वातावरण बनाउन आग्रह गरिरहनुभएको छ ।

निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारलाई मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न सुझाव दिएको छ ।

मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई अमूल्य मतदान गर्न निर्वाचकमण्डलका सदस्यलाई आयोगले अनुरोध पनि गरेको छ ।