२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पिएनजीविरुद्धको खेल ओडिआई इतिहासकै पाँचौं छिटो जित, तेस्रो पनि नेपालकै नाममा



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध ७.४ ओभरमा पूरा गरेको लक्ष्य ओडिआई इतिहासकै सर्वाधिक छिटो जितमध्येमा परेको छ ।

नेपालले सोमबार पिएनजीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन ओडिआई इतिहासको सर्वाधिक छिटो पाँचौं जित थियो ।

ओडिआईमा श्रीलंकाले सर्वाधिक छिटो जित निकालेको थियो । श्रीलंकाले २००१ मा जिम्बावेविरुद्ध ३९ रनको लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा श्रीलंकाले २ सय ७४ बल बाकिँ रहदा नै जित निकालको थियो ।

दोस्रो सर्वाधिक छिटो जित पनि श्रीलंकाकै नाममा छ । श्रीलंकाले २००३ मा क्यानडाविरुद्ध ३७ रनको लक्ष्य ४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकाले उक्त खेल २ सय ७२ बल अगावै पूरा गरेको थियो ।

सर्वाधिक छिटो जित निकाल्नेको तेस्रो स्थानमा नेपालको नाम छ । नेपालले २०२० मा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले उक्त लक्ष्य २ सय ६८ बल अघि नै पूरा गरेको थियो ।

चौथो स्थानमा भने न्युजिल्यान्ड रहेको छ । २००७ मा न्युजिल्यान्डले बंगलादेशले दिएको ९४ रनको लक्ष्य ६ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो ।

त्यसपछि नेपालले हिजो सोमबारको खेलमा पपुवा न्युगिनीविरुद्ध हात पारेको जित सर्वाधिक छिटो पाँचौं जित रहेको हो । नेपालपछि छैठौ स्थानमा अष्ट्रेलिया रहेको छ ।

नेपालको सोमबारको पपुवा न्युगिनीविरुद्धको जितमा आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ जोडे भने कुशल मल्ल १२ रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रन बनाएर अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिएका थिए ।