३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको बान्द्रेगाउँमा खानेपानीको हाहाकार



फाईल फोटो
अ+ अ-

ढोरपाटन । सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् ।

विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाएका छन् । बागलुङ नगरपालिका–५ स्थित उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन् । दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिन्न ।

स्थानीयले यो समस्या सरोकारवाला निकायलाई पटक–पटक सुनाउँदै आएका छन् । खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन् । खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउाछन् । पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बन्दै गएको स्थानीय पार्वती शर्माले बताउनुभयो ।

“घर नजिकै विद्यालय छ, विद्यार्थी तिर्खाएर आउँदा उनीहरूलाई पानी दिन नसक्दा दु:ख लाग्छ”, उहाँ भन्नुुहुन्छ । शर्माले खेतीयोग्य जमिन भए पनि पानी अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउन सकस भएको बताउनुभयो । मुहान नजिक नहुँदा र सरकारले यहाँ ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत छ । खानेपानीको सहज उपलब्धता भए बसाइँसराइ रोकिने शर्मा बताउनुहुन्छ ।

करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “झण्डै ३५ परिवारले खानेपानीको समस्या भोगेका छन्, गाउँमा पानी ल्याउन कसैको ध्यान गएको छैन ।”

धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउनुभयो । पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्ने उहाँ बताउनुहुन्छ ।

बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्मा खानेपानी समस्या समाधानका लागि योजना अन्तिम चरणमा पुगेको बताउनुभयो । विसं २०७२ देखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान’ सञ्चालन भए पनि बजेट अभावमा सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । “उपभोक्त समितिमार्फत ट्याङ्की निर्माण भएको छ, पाइप लाइन खन्न बाँकी छ”, शर्माले भन्नुभयो । रासस