३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी



अ+ अ-

काठमाडौँ । बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई बेलायतकोे नागरिक बताएको र नेपाल आएपश्चात् विवाह गरी बेलायत लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहना र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिएकाले कुरियरबाट सम्पर्क आउने भनी ठगी गरेको प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

त्यसका लागि उनले कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलापश्चात् कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लउन्ड्रिङ, डेलिभरी चार्ज, भन्सार शुःल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उक्त रकम पठाउन लगाइ ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । रासस