२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा परम्परागत चैते दसैँ मेला



फाईल फोटो
अ+ अ-

गलकोट । चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार हरेक वर्ष चैते दसैँको अवसरमा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने उक्त मेला आगामी चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

“यसवर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ”, उहाँले भन्नुभयो । परम्परा धान्दै कलासंस्कृतिको प्रर्वद्धन गर्ने मेलाको उद्देश्य छ । मेलालाई पछिल्लो समय गुठी व्यवस्थापन समितिले व्यवस्थित गरी सञ्चालन गर्दै आएको छ । पर्यटन प्रवद्र्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा परम्पराको निरन्तरता दिन मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्का बताउनुहुन्छ ।

यो मेलाको आफ्नै महत्व र इतिहास छ । तत्कालिन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकीलगायत बस्तुको किनमेल हुने गरेको छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा देशभरीबाट तथा भारतबाटसमेत भक्तजन आउने गरेका छन् । रासस