२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौथो सफलता, सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले पीएनजीका आसिद भालालाई आउट गराएर नेपाललाई चौथो सफलता मिलेको हो । यसअघिको तेस्रो विकेट पनि सन्दीपले नै लिएका थिए । तेस्रो विकेटमा उनले सेसे बाउलाई आउट गराएका थिए ।

यस्तै, सोमपाल कामीले पीएनजीका ओपनर हिरी हिरीलाई आउट गराएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए भने ललित राजवंशीले किप्लिन डोरिगालाई आउट गराएर पहिलो सफलता दिलाएका थिए ।

टस जितेर फिल्डिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरीरहेको छ । ताजा स्थितीमा पीएनजीले अहिले २० ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको छ ।