१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मछिन्द्रले खाता खोल्यो



अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी फुटबलसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक ए डिभिजन लिग तालिकामा पहिलो अंक जोडेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मछिन्द्रले मनाङलाई रोक्दै तालिकामा खाता खोलेको हो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोली केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएका थिए ।

यस बराबरीसँगै मनाङको तीन खेलबाट ५ अंक भएको छ । यसअघि मछिन्द्रले जावलाखेल युथ क्लवसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग ३–१ को पराजय व्यहोरेको थियो । मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लवलाई १–० ले पराजित गरेको थियो ।

लिग अन्तर्गत आईतवारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्यो । च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो । ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पुर्याए पनि ६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो । ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीको हारलाई टारेका थिए । बराबरी पछि आर्मीको तीन खेलबाट ५ अंक भएको छ । यस्तै एनआरटीको ३ खेलबाट १ अंक छ ।

यसअघि संकटा क्लबसँग गोलरहीत बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई २–० ले पराजित गरेको थियो । यसैगरी एनआरटीले सातदोबाटो युथ क्लव र जावलाखेल युथ क्लवसँग समान २–१ को पराजय व्यहारेको थियो ।
लिगमा सोमबार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा र खुमलटार युथ क्लव तथा दशरथ रंशालामा हुने खेल सातदोबाटो युथ क्लव र थ्री स्टार क्लबबीच हुनेछ ।