१९ भाद्र २०८३, शुक्रबार
,
Latest
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वत: रिक्त हुने उल्लेख छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ ।