२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले यूएईलाई १७७ रनले हरायो, नेपालको ओडीआई मान्यता कायम



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सानदार जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा घरेलु टोली नेपालले यूएईलाई १७७ रनले हराएको हो । २४९ रनको विजयी लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमै अलआउट हुँदै ७१ रनमात्र जोड्न सक्यो ।

यूएईका आर्यान अफ्जल खानले ३३ बलमा २९ रन बनाउँदा अश्वान्थ भलथपाले २२ बलमा १४ रन जोडे । यस्तै, कार्तिक मयिप्पनले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ललित राजवंशीले पाँच विकेट लिँदा सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिए । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए । यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा २९ रनको योगदानी दिए ।

यूएईका रोहन मुस्ताफा, जवार फरिद, आर्यान अफ्जल खान र जहुर खानले दुई–दुई विकेट लिँदा आर्यान लाक्रा, जुनैद सिद्दीकीले एक–एक विकेट लिए । यूएईमाथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै नेपालले आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ । यसैबीच यूएईले भने नेपालसँगको हारसँगै सोझै ओडीआई मान्यता बचाउने अवसर गुमाएको छ । यो नतिजासँगै नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

अब नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । त्यस्तै एक खेलमा पराजित भएमा नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौंथो स्थानमा रहेको छ । यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा रहेको छ ।