• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी



फाईल फोटो

काठमाडौँ । अहिले सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने छ ।

बैठकले सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने गर्नेछ । नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । जसपाकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिने बताइएको छ । आजै पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।