६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

माघमा मूल्यवृद्धि ७.८८ प्रतिशत पुग्यो

माघमा मूल्यवृद्धि ७.८८ प्रतिशत पुग्यो
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको माघसम्मको आँकडाअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ । मुद्रास्फीति दर पुस मसान्तसम्म ७.२६ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको माघ महिनामा मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति दर ६.१९ प्रतिशत रहेको छ । गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति दर ९.२२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा मुद्रास्फीति दर ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत रहेको छ ।

विदेशी मुद्रा सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

समीक्षा महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति सामान्य बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांकअनुसार कायम सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ।

पुस मसान्तसम्म ९.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। विसं २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३।८ प्रतिशतले बढेर माघ मसान्तमा १३ खर्ब ८३ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ५० करोड छ। असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो।

शोधनान्तर बचत १३३ अर्ब

राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको छ। गत वर्षको माघमा २४७ अर्ब ३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति १३३ अर्ब २१ करोड रुपैयाँले बचतमा पुगेको हो।

पुसको तुलनामा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । पुसमा ९७ अर्ब १० करोड रुपैयाँ बचतमा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा छ।

यद्यपि सरकारको चालु खाता घाटा भने सामान्य वृद्धि आएको छ। चालु वर्षको सात महिनामा चालु खाता २९ अर्ब ६४ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा थियो। पुसमा घाटा २९ अर्ब ४७ करोड थियो।

माघमा रेमिटेन्समा पनि वृद्धि

राष्ट्र बैंकले माघमा एक खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको जनाएको छ। चालु आवको ७ महिनामा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको जनाएको हो। राष्ट्र बैंककाअनुसार पोहोरको तुलनामा यो २७।१ प्रतिशतले बढी हो।

पुससम्म ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको थियो। पछिल्लो सात महिनामा कुल ५ अर्ब ३० करोड रुपैयाँ बराबरको अमेरिकी डलर रेमिटेन्सका रुपमा आएको छ। अघिल्लो महिनासम्म साढे ४ अर्ब डलर थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या पनि ह्वात्तै बढेकोले त्यसको सकारात्मक प्रभाव रेमिटेन्समा परेको जनाइएको छ। माघमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७।३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भएको छ।