१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्छौं: नरेश कटुवाल(भिडियोसहित)

सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्छौं: नरेश कटुवाल(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलन गरेका छन् ।

आईतवार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुन: आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माघ १६ गते उद्योगी, व्यवसायी मिलेर वृहत आन्दोलन गरेको थियौँ । हामीले धेरै संघहरु बोलाएर आन्दोलन गरेका थियौँ । तर सरकारले बोलाएर छलफल गरेन । त्यसैले पुन: आन्दोलन गरेका थियौँ । तरपनि सरकारले ध्यान नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीबिरुद्ध हामीले आन्दोलन गरेका हौँ । बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’

‘देशभरबाट एकजुट भएर उद्योगी व्यापारीहरुको आन्दोलन हो ।हामीले केही दिनपछि नै वृहत आन्दोलन घोषणा गर्नेछौँ । उद्योगी व्यवसायीमाथि बैंकहरुले दादागिरी देखाइरहेका छन् । यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस् । राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ । राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ ।’

उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।