५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु प्रकरण– १७ जना पक्राउ



अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया सिता ज्ञवालीको प्रकरणमा संलग्न १७ जना पक्राउ परेका छन्।

उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरी घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

हत्यामा संलग्न झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुईँमा लछारपछार पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, भुईँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक नाकमुखमा पानी खन्याउने, खरानी खुवाइदिनेलगायतका क्रियाकलाप गरी यातना दिएको भिडिओमा देखिएको छ ।

प्रहरीको अनुसन्धानमा परिवारसँग बुझ्दा विगत ४र५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने थाहा पाई उनको घरमा लगेको कुरा खुलेको छ ।