९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार र समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग



अ+ अ-

काठमाडौं । अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार/समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी डलर ९रु १ लाख ४५ हजार ४ सय ५५० हस्तान्तरण गरेको छ ।

फेव्रेवरी २५ मा जुम मार्फत् रिसालज्यूसँग गरिएको अन्तरक्रियामा ९५ वर्षको उमेरमा पनि उहाँको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजल यो सहयोग गरेको हो । सहयोग रकम ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै रिसालले प्रवासमा बसेर पनि समाजले नेपाली साहित्यको श्रीवृद्धिका लागि निर्वाह गरिरहेको भूमिको प्रशंसा गर्नुभयो ।

 

उहाँले प्राप्त आर्थिक सहयोग समाज सेवामा खर्चने प्रतिबद्धता गर्दै समाजप्रति विशेष आभार व्यक्त गर्नुभयो । रिसालको जीवनी, यथार्थता, सामाजिक योगदान र जीवनका उतारचढाव, कटुताहरू उहाँ आफैबाट सुन्न पाउनु आफ्नो संस्थाका लागि गौरवको क्षण भएको समाजले जनाएको छ ।