२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेको छ ।

नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । सो निर्वाचनमा रामचन्द्र पौड्याल निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचनको व्यवस्थापन र प्रक्रिया तथा परिणामबारे अवगत गराउनुभएको थियो ।

कार्यक्रममा निर्वाचन आयुक्त र आयोगका उच्चपदाधिकारी सहभागी हुनुभएको थियो । वर्तमान राष्ट्रपतिको कार्यकाल यही फागुन २८ गते सकिँदैछ । रासस