२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिक



अ+ अ-

एजेन्सी । बलिउडका चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । अभिनेता अनुपम खेरले आज बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

अनुपमले लेखेका छन् , ‘सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन ।’ यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । उनको दिल्लीमा पढाइ भयो । किरोरी माल कलेजबाट स्नातक गरेपछि उनले नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा भर्ना भए । सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे ।

सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए । सतीशलाई सन् १९८७ मा फिल्म ‘मिस्टर इन्डिया’बाट पहिचान मिलेको थियो । त्यसपछि उनले सन् १९९७ मा ‘दिवाना–मस्ताना’मा पप्पु पेजरको भूमिका निभाएका थिए । सतीशले १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे ।