६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट पठाएको पार्सलमा गाँजा



अ+ अ-

काठमाडौँ । अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटिएको छ । एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २।४ किलो गाँजा बरामद गरिएको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

यही फागुन २१ गते अमेरिकाको लस एन्जलसबाट दुबई हुँदै काठमाडौँ ल्याइएको चकलेट र बालबालिकाको खेलौना ९चकलेट एण्ड चाइल्ड गेम आइटम० उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाँजा भेटिएको ब्यूरोले जनाएको छ ।

उक्त पार्सल भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका९३ का फैज आलम बुझ्न आएका थिए । उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँसमेत बरामद गरेको छ ।

त्यसैगरी अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २।४ किलोग्राम गाँजा फेला पारेको छ । उक्त पार्सल लिन आउने गोरखाको गण्डकी गाउँपालिका– ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।