९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट पठाएको पार्सलमा गाँजा



अ+ अ-

काठमाडौँ । अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटिएको छ । एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २।४ किलो गाँजा बरामद गरिएको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

यही फागुन २१ गते अमेरिकाको लस एन्जलसबाट दुबई हुँदै काठमाडौँ ल्याइएको चकलेट र बालबालिकाको खेलौना ९चकलेट एण्ड चाइल्ड गेम आइटम० उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाँजा भेटिएको ब्यूरोले जनाएको छ ।

उक्त पार्सल भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका९३ का फैज आलम बुझ्न आएका थिए । उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँसमेत बरामद गरेको छ ।

त्यसैगरी अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २।४ किलोग्राम गाँजा फेला पारेको छ । उक्त पार्सल लिन आउने गोरखाको गण्डकी गाउँपालिका– ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।