२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोलको पारिश्रमिक ५० लाख, फिल्मको कमाई ३० लाख



अ+ अ-

काठमाडौँ । अनमोल केसी अभिनित फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ ।

प्रदर्शनको छैटौं दिनमा क्युएफएक्सले फिल्म हलबाट उतारेको हो । निगम श्रेष्ठको निर्देशन रहेको फिल्मले सुरुवाती दिनदेखि नै निकै कमजोर व्यापार गरेको थियो । सँगै प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले छैठौँ दिनसम्म आइपुग्दा ६ करोड माथिको व्यापार गरिसकेको छ ।

तर ‘२.० छड्के’ले भने जम्मा ३० लाखको व्यापार गरेको बताइएको छ । अनमोल केसी फिल्ममा अनुबन्धित हुँदा उनलाई पारिश्रमिक नै ५० लाख भन्दा बढी दिइएको चर्चा चलेको थियो ।