• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

राष्ट्रपति विद्या भण्डारीको भूमिका गौरवपूर्ण– ओली



फाईल फोटो

काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलीय स्वार्थ केन्द्रित निर्णय गरेको आरोप लाग्दै आइरहेको बेलामा अध्यक्ष ओलीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी भण्डारीले कुशलतापूर्वक निभाएको बताउनुभयो । उहाँले पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको उल्लेख गर्नुभयो ।

राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्ने भन्दै उहाँले भन्नुभयो, “त्यसको खास अर्थ छैन ।”