• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापन अनुमति



तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो ।

आयोगको फागुन १४ गते बसेको बैठकले पठनपाठनका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सुरु गर्न लागेको हो । योसँगै प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुल्ला भएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बताउनुभयो ।

प्रतिष्ठान स्थापना भएसँगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल थालिएको थियो भने पटक–पटक दबाबमूलक कार्यक्रम पनि भएका थिए । लामो समयसम्म शैक्षिक कार्यक्रम सञ्चालन नहुँदा यस क्षेत्रका नागरिक निराश बनेकामा प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएपछि उत्साहित भएका छन् ।
शैक्षिक कार्यक्रम सुरु भएसँगै दाङसहित साविक राप्तीका विद्यार्थीसमेत लाभान्वित हुने उपकुलपति डा लामिछानेले बताउनुभयो । “प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रम सुरु हुन लागेको छ । यसबाट यहाँका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो ।

कक्षा सञ्चालनका लागि आवश्यक नर्सिङ प्राध्यापक नियुक्ती, भौतिक संरचना, लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूमलगायत तयारी अवस्थामा रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले अनुमति दिएसँगै अब भर्ना कार्यक्रमसमेत अगाडि बढ्ने छ । “हामीले सबै तयारी यसअघि नै गरिसकेका थियौँ, आयोगको निर्णयसँगै अब भर्ना कार्यक्रमदेखि आवश्यक सबै काम अघि बढ्छन्”, उहाँले भन्नुभयो । स्थानीयस्तरमा शैक्षिक कार्यक्रम सुरु भएसँगै जिल्लावासी खुसी भएका छन् । रासस