५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ



अ+ अ-

चितवन । ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको छ । थापा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने व्यवसायी दुर्गा प्रसाईंको ‘कालो दस्ता’ का केन्द्रीय संयोजक हुन् ।

प्रहरीले थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । यही फागुन १३ गते व्यवसायी प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा कार्यक्रम गर्दा थापालाई ‘कालोमोसो दस्ता’ का संयोजक तोकिएको थियो ।

प्रसाईं चितवन आएको दिन थापाको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो । संयोजक थापाले उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए ।

प्रहरीले थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा त्रास सिर्जना गरेको भन्दै पक्राउ गरिएको जनाएको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।