२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कयरखोलाले बगाएका दुई व्यक्तिको उद्धार



अ+ अ-

चितवन । पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।

स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरुलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।