५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए
अ+ अ-

लन्डन । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।

बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।

यहाँ केही महिना अघिदेखि सङ्क्रमितहरु घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमितहरु बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । (रासस, सिन्ह्वा)