५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुणा वर्षकै उत्कृष्ट महिला खेलाडी



अ+ अ-

काठमाडौँ । बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबलकी अरुणा शाहीलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच राष्ट्रिय भलिबल टिमकी महत्वपूर्ण सदस्य शाहीलाई सो अवार्डबाट सम्मान गरिएको हो ।

अरुणाले क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछाडि पार्दै अवार्ड हात पारिन् ।

अरुणाकै कप्तानीमा नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि रक्षा गरेको थियो ।

अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन् ।